हेटौडा उपमहानगरपालिका भित्र सञ्चालित माध्यमिक तह (कक्षा ११-१२) सञ्चालन भएका शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि छात्रवृत्तिमा अध्ययन गर्न विद्यार्थी छनोटका लागि सञ्चालन हुने परीक्षाका लागि मिति २०८२ साल चैत्रमा सञ्चालित SEE परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले मिति २०८३ जेठ २० गते बुधबार बिहान १०:०० बजेदेखि मिति २०८३ जेठ २७ गते बुधबार राति ११:५९ बजेसम्म उपमहानगरपालिकाको वेबसाइट scholarship.hetaudamun.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न सूचना आह्वान गरिएको छ।
| विषय | परीक्षा हुने मिति |
|---|---|
| Science/Management/ Humanities/ Education | २०८३ जेठ ३० गते विहान ८:०० बजेदेखि ०९:०० बजेसम्म |
उल्लिखित सबै कार्यक्रमको पूर्णाङ्क १०० र परीक्षा समयावधि १ घण्टाको हुनेछ। उम्मेदवारले एकभन्दा बढी शैक्षिक विषयमा आवेदन फाराम पेस गर्न पाउने छैन।
फाराम पेस गर्ने अन्तिम मिति : २०८३ जेठ २७ गते राती ११:५९ बजेसम्म
आवेदन शुल्क : निशुल्क
नोट :- अनलाइन फाराम पेस (submit) गर्नुअघि सच्याउने (edit) तथा पूनरावलोकन (preview) गर्ने प्रावधान राखिएको छ । फाराम पेस (submit) गरी confirmation प्राप्त गरिसकेपछि उपमहानगरपालिकाबाट सच्याउन वा थप गर्न इमेल मार्फत अनुरोध गरेमा मात्र फाराम सच्याउन वा विवरण थप गर्न सकिने छ ।
{{'RESERVATION_INFO' | translate}}